पर्वतमा खोलाले गाडी बगायो, ३ जना बेपत्ता
पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार ३ जना बेपत्ता भएका छन् । गएरातीको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा लामा कन्स्ट्रक्सन गाडी र त्यसमा सवार ३ जना बेपत्ता भएका हुन् ।
लामा कन्स्ट्रक्सन एक साइट इन्चार्ज, गाडीका चालक र एक सर्वसाधारण लाई गाडी सहित बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । बेपत्ता भएका मध्ये साइट इन्चार्ज राजाराम आचार्य बाहेक अरूको नाम नखुलेको बुढाथोकीले बताउनुभयो । प्रहरीले राती १२ बजेदेखि नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन ।
अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
बाढीले ३ वटा घर बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरू घर छोडेर भागेपछि बाँच्न सफल भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्