तपाईँ सुन्दै हुनुहुन्छः

खुँगाका ५ वर्षीय बालकलाई हेलिकप्टर मार्फत पोखरा पठाइयो

बागलुङ। ढोरपाटन नगरपालिका वडा नं. ४ खुंगाको ५ वर्षीय मिसन हर्मेललाई हेलिकप्टर मार्फत पोखरा पठाइएको छ।

मङ्गलवार बिहान बडिगाड गाउँपालिकाको त्रिभुवन नमुना मावि खर्वाङ आइसोलेसनमा ल्याइएका हर्मेलको अक्सिजन लेभल कम भएपछि तत्कालै पोखरा पठाउनुपर्ने स्वास्थ्यकर्मीको सल्लाहअनुरूप प्रभुको हेलिमार्फत पोखरा पठाइएको हो। बालकको अवस्था गम्भीर भएकोले पोखरा स्थित शिक्षण अस्पतालमा पठाइएको आइसोलेसनका इन्चार्ज कमल थापाले जानकारी दिनुभयो ।

झाडापखालाको समस्या देखिएपछि बुर्तिवाङ स्थित निजी क्लिनिकमा ३ दिनको उपचार पछि घर पठाइएका बालक बिहान देखि श्वासप्रश्वासमा समस्या देखिएपछि पाल्पा गएको तर वामीटक्सार नजिकै पुग्दा अचेत भएपछि तुरुन्तै खर्वाङ स्थित आइसोलेसनमा ल्याएको अभिभावक प्रतिज्ञा गोतामे हर्मेलले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button