बिदेशको अनुभव स्वदेशमा प्रतिफल

काठमाडौँ । धनकुटाका सुदामा बराल मोरङ दुलारीस्थित कृषि उद्यममा करीब सात बर्षअघि कृषि कर्म अघि बढाउनुभयो । उहाँलाई सरकारी सहयोग समेत प्राप्त भएपछि अहिले फर्मको स्वरुप नै फेरिएर राम्रो प्रतिफल प्राप्त हुन थालेको छ ।
आफ्नो रारा कृषि फर्मको अवस्थाबारे उहाँ भन्नुहुन्छ,“वार्षिक २ हजारका दरले १४ कट्ठा जग्गा भाडामा लिएर २०६९ सालमा सुरु गरको बहुउद्देश्यीय फर्ममा मैले तरकारी खेतीमा बढी ध्यान दिए । अनुदानमा मेरो फर्म छनोट भएपछि १ हजार ५ सय स्क्वायर फिटमा १० वटा टनेल बनाएको छु । बाहिर बनाइएको पोखरीबाट थोपा सिँचाई जडान गरेको छु र माछा पालन पनि गरको छु । ”

सरकारी सहयोगसहित ७ लाख २० हजारको लगानी रहेको बरालको कृषि फर्ममा अवस्थाअनुसार ६÷७ जना मानिसले ज्यालादारीमा काम पनि पाउछन् र तीन सिजन तरकारी निस्कदा बार्षिक १५ लाख आम्दानी भइरहेको कुरा बराल बताउनुहुन्छ ।
मेरो अनुभवले त के भन्छ भने आजका युवाहरु ५० /६० हजार कमाउनलाई बिदेश जानै पर्दैन । यही मिहेनत राम्रो गर्ने हो भने त्यति त भइहाल्छ । कृषिका पनि धेरै क्षेत्रहरु छन् ।”
२०५४ सालमा साउदी अरब र कतारमा काम गर्नुभएका बरालको अनुभव छ ः “बैदेशिक रोजगारमा रहेका धेरैजसो नेपालीहरुको पिडा चाँहि यहाँको अभावभन्दा पनि ठुलो छ । मेसिन हुन भन्ने हिसावले काम लाउँछन् । धेरै काम गर्नुपर्छ ।”
संयोगबश कतारमा पनि उहाँ कृषि क्षेत्रमै काम गर्नु परेकाले त्यहाँको काम गराई र कृषि औजारको प्रयोग आदिको बारेमा उहाँले राम्रोसँग बझ्नु भएको थियो । मरुभूमिमा आफै र अन्य कृषि गर्ने व्यक्तिको मिहेनत देखेर उहाँले सम्झनुभयो आफ्नै देश, आफ्नै भूगोल र आफ्नै माटो ।

उहाँ भन्नुहुन्छ, “त्यो अरबको बालुवामा पनि कति मज्जासँग तरकारी र फलफुल उत्पादन भएको देख्दा मलाई लाग्थ्यो, यो बालुवामा त यस्तो राम्रो उत्पादन हुन सक्छ भने हाम्रो त सबै माटैमाटो र मलैमल भएको देश हो । यसरी मेहनत गर्ने हो भने त आफ्नै ठाउँमा पनि गर्न सकिने रहेछ भन्ने मलाई त्यतिखेर देखि नै लागेको हो ।”
“धेरैजसो अभावका कारण बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई उहाँको पिडा चाँहि यहाँको अभावभन्दा पनि ठुलो हुनपुग्छ । मेसिन हुन भन्ने हिसावले काम लाउँछन् । धेरै काम गर्नुपर्छ ।”
कृषिमा सावधानी पुर्याउन सकिएन भने जोखिम पनि ब्यहोर्नुपर्ने हुनाले प्राविधिक सुझबुझ हुनुपर्ने उहाँको अनुभव छ ।
तरकारी खेती गर्दा ध्यान पुर्याउनु पर्ने अरु बिषय बताउदै बराल भन्नुहुन्छ, “म तरकारी उत्पादन गर्न त गर्छु तर उत्पादन नै अन्तिम लक्ष्य होइन, बजारमा बेचेर त्यसलाई अर्थमा परिणत गर्नुपर्ने हुन्छ । त्यसकारण उद्योग गर्ने ठाउँको छनोट गर्दा बजारको पहँुचलाई र मागलाई ध्यान दिनुपर्ने हुन्छ । बोट बिरुवा सम्बन्धि प्रारम्भिक ज्ञान र बजार व्यवस्थापन मुख्य कुराहरु हुन ।”
ऊ बेलामा मोरङतिर झरेर कृषि उद्यम गर्नुभएका बराल अब आफ्नै गाँउ ठाँउ पहाडतिर उक्लिएर उद्यम गर्ने योजना पनि बुन्दै हुनुहुन्छ “यहाँ मैले अर्काको जग्गामा भाडा तिरेर गरिराखेको छु, त्यहाँ (पहाड) आफ्नो जग्गा यसै लडिराखेको छ । अब अहिले त्यहाँ यातायात पनि पुगेको छ , बिद्युत पुगेको छ, सञ्चार पुगेको छ, त्यसकारण अब बजारको पहँुच बढेको छ । फेरि यहाँभन्दा त्यहाँ (पहाडमा) के हुन्छ भने बाह्रै काल हामी जुनसुकै तरकारी उत्पादन गर्नसक्छौँ । उहाँ तराइमा बर्षामा पानीले डुबाउछ । अब तमोर कोरिडोर (सडक) बन्दै छ । त्यसले हाम्रा जमिनहरु छोएर गएका छन् । हाम्रो ठाउँ त तल तमोर गढतिरदेखि माथि लेकसम्म छन् । मौसमको विविधता छ । त्यहाँ प्रशस्तै सम्भावना बोकेका ठाउँहरु छन् ।”

राजमार्ग र त्यस आसपासका ठाउँहरुमा कृषि उपजको तीब्र प्रतिष्पर्धा छ । सीमा पारीदेखि पहाड तराई सबैतिरका उत्पादनहरु हुन्छन् तर बजारमा आफु कसरी खरो भएर उत्रने त भन्ने जिज्ञाशामा उहाँ भन्नुहुन्छ, “बजारको खाँचो छैन उत्पादनले पुग्दैन, इटहरी बजारमा काक्राको भाउ ३० रुपैँया किलो थियो । मैले रु. ५० ले बेचे । स्थानीय उत्पादनलाई मानिसहरुले प्राथमिकता दिन्छन् । जातहरुको छनोट पनि राम्रोसँग गर्नुपर्छ । मिठा जातहरु छनोट गर्नुपर्छ । मेरो अनुभवले त के भन्छ भने आजका युवाहरु ५० /६० हजार कमाउनलाई बिदेश जानै पर्दैन । यही मिहेनत राम्रो गर्ने हो भने त्यति त भइहाल्छ । कृषिका पनि धेरै क्षेत्रहरु छन् ।”








प्रतिक्रिया राख्नुहोस्