सुजिता भण्डारी हत्या प्रकरण: स्थानीयद्वारा नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन । राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।
प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला स्थानीयहरूले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् ।हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरू प्रहरी प्रशासनविरुद्ध खनिएका हुन् । अहिले राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरूले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव गलेको अवस्थामा फेला परेको छ । वनको बिचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्