तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा एकै दिन विभिन्न दुर्घटनामा परेर चार जनाको मृत्यु

सर्लाही । सर्लाहीमा विभिन्न दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ सर्लाहीको गोडैता नगरपालिका वडा नं.३ सिमरा भगवतीपुर स्थित बगी नदिमा सोही ठाउँ बस्ने सुरेन्द्र हजारीको छोरी बर्ष १३ कि रिभा हजारी नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको छ । नदिमा डुबी बेपता भएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा घटनास्थल देखि ५ सय मिटर दक्षिण उक्त नदिको किनारमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

यसै गरी सर्लाहीको कौडेना गाउँपालिकामा खेल्ने क्रममा पोखरीमा डुबी ५ वर्षिया बालिकाको मृत्यु भएको छ ।कौडेना गाउँपालिका वडा नं.५ छपकैया टोल बस्ने रामबाबु रायको छोरी बर्ष ५ वर्षिया गुड्डी कुमारी राय आफ्नै घरको छेउमा रहेको राम मन्दिरको पोखरीमा खेल्ने क्रममा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि खोला पार गर्ने क्रममा एक जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं.१३ बस्ने ४५ वर्षीय रामचन्द्र महतो रहेको छ ।

वडा नं. १३ मा नै रहेको बाँके खोलामा मृतक महतो र उनको श्रीमती ४० वर्षिया रहन्ति देवी महतो महोत्तरीको कान्ति बजारबाट चटपटे बेची सँगै घर फर्किने क्रममा खोला पार गर्ने क्रममा मृतक महतोलाई खोलाको पानीले बगाएको र महतो श्रीमती खोलाको बिचमा अड्किइएको थियो ।खोलामा स्थानीय मानिस र प्रहरीको सहयोगमा मृतक महतोको श्रीमतीलाई स–कुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी सर्लाहीको बलरा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका वडा नं. ७ बस्ने कल्याण मण्डलको छोरा बर्ष ८ को राजा मण्डल रहेको छ । आइतबार बलरा नगरपालिका वडा नं. ७ डुमरिया चौक स्थित बरहथवा–मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवा तर्फ जाँदै गरेको बिआर ३० एच ०४३१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्कर पश्चात् गम्भीर घाइते भएको बालकको उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीमा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button