तपाईँ सुन्दै हुनुहुन्छः

ठगी र जालसाजी मुद्दाका फरार अभियुक्त पक्राउ

तनहुँ । ठगी मुद्दामा पाटन उच्च अदालतबाट सजाय फैसला भए पनि फरार तनहुँको व्यास ११ रानीगाउँ निवासी रामबहादुर बयलकोटी पक्राउ परेका छन् । उनीविरुद्ध उच्च अदालतले २०६० पुस ८ गते एक लाख ७५ हजार रुपैयाँ जरिवाना र दुई वर्ष दुई महिना कैद सजाय फैसला गरेको थियो ।

तर त्यसयता फरार बलकोटीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताउनुभयो । बयलकोटीलाई अदालत बुझाएकामा अदालतले जरिवाना सङ्कलन गरेर कारागार चलान गरेको छ ।
यसै गरी, जालसाजी मुद्दामा तनहुँ अदालतले गत २०७२ पुस ३० गते जरिवाना सजाय सुनाएकी जिल्लाको व्यास–५ ठुलोटार निवासी अतिमाया कुमाललाई पनि प्रहरीले पक्रेको छ । उनीबाट पनि जरिवाना सङ्कलन गरिएको अदालतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button