तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीका बाढी पहिरो पीडितलाई सिन्धुपाल्चोक–दक्षिण कोरिया समाजको आर्थिक सहयोग

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

सिन्धुपाल्चोक–दक्षिण कोरिया समाजको पहलमा सङ्कलन गरिएको रकम स्थानीय व्यक्तित्व कुमारप्रसाद लामिछानेको समन्वयमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलगायतको उपस्थितिमा पीडितलाई सहयोग गरिएको हाे।

लामिछानेका अनुसार मृत्यु हुने १५ जनाका परिवारलाई जनही दश हजार रुपैयाँ प्रदान गरिएको छ।

यस्तै, तीन विद्यालयलाई १ लाख २० हजार र बाढी पहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउन ४० हजार सहयोग गरिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button