तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

चितवन । भरतपुरमा ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा देवघाट गाउँपालिका वडा नम्बर १ का चिनीमाया पौडेलको घटनास्थलमै मृत्यु भएको हो । 


घाइते हुनेमा भरतपुर महानगरपालिका ११ का पुष्पराज बास्तोला, तनहुँ देवघाट गाउँपालिका ५ का तिल बहादुर गुरुङ र सोही ठाउँ बस्ने सिरु गुरुङ रहेकी छिन । ती मध्ये बास्तोलाको अवस्था गम्भीर रहेको छ । 


जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपराह्न २ बजेर ५५ मिनेट जाँदा भरतपुर महा नगरपालिका, वडा नम्बर १आँ पटारी स्थित पानी ट्याङ्की ओरालोमा नारायणगढबाट लमजुङतर्फ गइरहेको  ग१ख ९७५६ नम्बरको (फलाम लोड) ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 


घाइतेहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button