तुलसीपुर सडक खण्ड आजदेखि बन्द हुने
दाङ । घोराही – तुलसीपुर सडक खण्ड आजदेखि बन्द हुने भएको छ ।
घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने पत्रे खोलामा कजवे मर्मत गर्नुपर्ने भएकाले सडक खण्ड बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले विज्ञप्ति जारी गर्दै जानकारी गएको हो ।
सडक डिभिजन कार्यालय दाङले बिहीबार पत्राचार अनुसार पत्रे खोलामा कजवे मर्मत गर्नु भएको हुँदा उक्त सडक खण्ड आइतबार बिहान ८ बजेदेखि असार २२ गते मङ्गलवार राती दश बजेसम्मका लागि पूर्ण रुपमा सवारी सधान आवागमन बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्