चोरीको आरोपमा २ जना पक्राउ
सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय ईटहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इटहरी उप–महानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् ।
तामाङ इटहरी–३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मूल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।
यसैगरी इटहरी–६ मा रहेको कुलनयन ट्रेडसबाट नाइट्रोजन ग्यास सिलिन्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा–३ बाट चोरी भएको नाइट्रोजन ग्यास सिलिन्डरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
चोरीको आरोपमा पक्राउ परेका २ जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्