तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार २ सय ९९ जना कोरोना भाइरसबाट संक्रमित

File Photo

काठमाडौँ । कोरोना भाइरसबाट आज थप २ हजार २ सय ९९ जना संक्रमित भएका छन् । 

आज ६ हजार ५ सय ६६ नमूनाको सिपिआर परीक्षण गर्दा १ हजार ३ सय ९१ जना तथा ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज थप ३ हजार ४ सय ५१ जना भाइरस संक्रमण मुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४ प्रतिशत रहेको छ । 

कोरोनाका कारण आज थप ३४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button