तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा दोलखाको पहलमा स्वास्थ्य सामग्री वितरण

दोलखा । कोरोना सङ्क्रमणको दोस्रो भेरियण्टबाट प्रभावित दोलखाको केही स्वास्थ्य संस्था र सुरक्षाकर्मी एवम् सञ्चारकर्मीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाले हाइड्रोजन÷अक्सिजन जेनरेटरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

राप्रपाका केन्द्रीय नेता एवं समाजसेवी सोभित उप्रेतीको पहल तथा समन्वयमा चिनिया कम्युनिष्ट पार्टीले राप्रपालाई उपलब्ध गराएको उक्त स्वास्थ्य सामग्री दोलखाको आठ वटा स्वास्थ्य चौकी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई उपलब्ध गराइएको राप्रपा दोलखाका संयोजक राजनबहादुर सिवाकोटीले बताउनुभयो ।

राप्रपा दोलखाले जिल्लाको कालिन्चोक स्वास्थ्य चौकी, लामिडाँडा स्वास्थ्य चौकी, लापिलाङ स्वास्थ्य चौकी, इन्द्रावती स्वास्थ्य चौकी, झ्याकु स्वास्थ्य चौकी, मार्वु स्वास्थ्य चौकी, विगत स्वास्थ्य चौकी र सुष्पाक्षमावती स्वास्थ्य चौकीलाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको संयोजक सिवाकोटीले बताउनुभयो ।

संयोजक सिवाकोटीका अनुसार प्रत्येक पत्रिका तथा अनलाईनहरुलाई दुई सय थान मास्क तथा आधा लिटर स्यानिटाइजर, रेडियोहरूलाई पाँच सय थान मास्क, पाँच लिटर स्यानिटाइजर तथा एक थान अक्सी मिटर उपलब्ध गराइएको छ ।

त्यसै गरी नेपाल पत्रकार महासङ्घ दोलखा शाखालाई पाँच सय थान मास्क र पाँच लिटर स्यानिटाइजर उपलब्ध गराइएको छ ।

नेपाली सेनाको तारा दल गणलाई चार हजार थान मास्क तथा १० लिटर स्यानिटाइजर उपलब्ध गराइएको राप्रपा दोलखाका अध्यक्ष सिवाकोटीले बताउनुभयो ।

त्यसै गरी नेपाल प्रहरीलाई पनि मास्क र सेनिटाईजर उपलब्ध गराइएको राप्रपा दोलखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button