कर्तव्य ज्यान मुद्दामा फरार एक जना महिला ८ वर्षपछि पक्राउ

काभ्रे । कर्तव्य ज्यान मुद्दामा फरार एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ५ बस्ने ६१ वर्षीय देवीमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेकी देवीमायालाई ८ वर्षपछि इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट प्रहरी निरीक्षक अनिष बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
२०७० साल चैत्र १० गते पुनरावेदन अदालत पाटनले कर्तव्य ज्यान मुद्दामा फैसला सुनाएपछि तामाङ फरार रहेकी थिइन् ।
तामाङलाई कैद फर्छौटको लागि जिल्ला अदालत धुलिखेलमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्