दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न : अध्यक्ष ओली

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रिय कमिटीको जारी बैठकले सर्वोच्चमा विचाराधीन मुद्दाबाट आफ्ना २३ जना निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन दुई दिनको समय सीमा तोकेर दिएको निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने बैठकमा बताउनुभयो ।
उहाँले काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यहरूलाई छुट नभएको र यो कुरा किमार्थ स्वीकार्य नहुने पनि प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले यदि हस्ताक्षर फिर्ता नहुने हो भने त्यो पार्टी फुटको घोषणा गरेको ठहरिने पनि प्रष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्