तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदहरूलाई एमाले केन्द्रिय कमिटीको निर्देशन

काठमाडौँ । नेकपा एमाले केन्द्रिय कमिटीको जारी बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हस्ताक्षर गरेका आफ्नो आफ्ना २३ जना निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभा विघटन भएपछि विघटन खारेज गर्न र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा माधव नेपाल पक्षका २३ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button