तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा आधा दर्जन घर पहिरोको उच्च जोखिममा

तनहुँ । तनहुँको व्यास–१ स्थित छाब्दी दोभानका आधा दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

व्यास–१ स्थित छाब्दी खोलाको बहाव बढ्दा छाब्दी दोभानका आधा दर्जन घर कटानको चपेटामा परेका छन् ।अहिले उक्त स्थानबाट स्थानीय घर छोडेर अन्यत्र सरेका छन् ।

केहिसमय अघि सोही स्थानमा खोला नजिक रहेको एक घरमा माथिबाट पहिरो झर्दा एक जनाको मृत्यु भएको थियो ।अहिले माथिल्लो स्थानमा रहेका पक्की घरहरू पहिरोको उच्च जोखिममा परेका हुन ।

हिजो बिहीबार छाब्दी खोलाले व्यास–१ र १३ जोड्ने पक्की पुल बगाउँदा यातायात र स्थानीयलाई आवतजावतमा समस्या परेको छ ।छाब्दी दोभानमा जोखिम न्यूनीकरणका लागी ग्याभिङ वाल लगाउने तयारी गरिएको व्यास–१ का वडाअध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।

त्यस्तै छाब्दी खोलाले व्यास–१ को भड्खोलादेखी, बिस्मुरे, छाब्दी दोभानमा कटानको जोखिम निम्त्याएको अध्यक्ष दरै जानकारी दिनुभयो । रतौलीमा खानेपानीको ट्याङ्कीमा क्षति, अम्रेनी, डाडागाउँ लगायतका स्थानमा समेत केही घर पहिरोको जोखिम रहेको वडाअध्यक्ष दरैले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button