तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले बढेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ ।त्यसै गरी आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १३१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button