सिरहामा आगलागी हुँदा ६० लाख भन्दा बढीको क्षति

लहान । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर–२ पर्सा टोलमा शुक्रवार साँझ करिब ५ बजे भएको आगलागीले लाखौँको क्षति भएको छ ।
स्थानीय रविन्द्र साहको घरबाट अचानक सल्केको आगोले एकै दाजुभाइका ८ घरपरिवारको धनमाल सम्पुर्ण रुपमा जलेर नष्ट भएको हो । सचिन्द्र साह , वीरेन्द्र साह , आनन्द साह , लाले साह , धिरेन्द्र साह , लछुराम साह र रामलोचन साहको घरमा रहेको अन्नपात , गरगहना , लत्ताकपडा , नगद , राईसमिल लगायत घरमा रहेको सम्पुर्ण सरसामान सहित करिब ६० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।

घरमा कोही नभएको बेला अचानक आगलागी भएको वडा नम्बर२ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताए । लहानबाट आएको वारुण यन्त्रले १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण पीडित परिवार बिचल्लीमा परेपछि तत्कालै गाउँपालिकाबाट राहत स्वरूप प्रति परिवार २५ केजी चामल ,२ केजी दाल , २ किलो नुन , १ लिटर खानेतेल , आधी किलो स्वाविन , २ वटा साबुन , १ हजार नगद , १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरेको गाउँपालिकाले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्