तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाएर बेपत्ता किशोरको शव ३ दिन पछि फेला

बीरगंज । पर्साको धुतहा खोलाले बगाएर बेपत्ता भएका एक किशोर शव ३ दिन पछि आज अपराह्न ४ बजे फेला परेको छ । 

पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगंज निवासी राजेन्द्र महतोका छोरा १५ वर्षीय राजन महतोको मङ्गलवार अपराह्न गाउँका एक छिमेकीको मृत्यु संस्कारमा सहभागी भई खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए । 

बेपत्ता युवकलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र बर्दिबासबाट आएको गोताखोरको टोलीले आज बिहान देखि नदीमा खोजतलास गर्ने क्रममा घटना स्थल देखि डेढ किलो मिटर दक्षिण नदी भित्र शव फेला परेको सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button