तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको केही समय नबित्दे पुनः अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  आज दिउसो ३ बजे सञ्चालनमा आएको  उक्त सडक खण्ड भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा साँढे ३ बजे पहिरो जाँदा अवरुद्ध बनेको हो । 

हाल २ वटा डोजर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको र  पुनः सुचारु हुने केही समय लाग्ने प्रहरीले  जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button