मदिरा सेवन गरी विवाद गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

अछाम। मदिरा सेवन गरी विवाद गरेको आरोपमा अछाममा वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाका वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधवार राति पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र रहेको विनायक बजारस्थित एक होटेलमा वडा अध्यक्ष खनालले मदिरा सेवन गरी होटेलका सञ्चालकमाथि हातपात गर्नुका साथै महिलामाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा प्रहरीले उहाँलाई बुधवार राति नै नियन्त्रणमा लिएको बताएको छ ।
वडा अध्यक्ष खनाललाई बुधवार राति नै जिल्ला प्रहरी कार्यालयमा लगिएको र अहिले विवाद समाधानका लागी दुवै पक्ष बिच छलफलको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार वडा अध्यक्ष खनालले मदिरा सेवन गरी अभद्र व्यवहार गरेको गुनासोका आधारमा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया राख्नुहोस्