तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु

चितवन । हिजोदेखि परेको अविरल वर्षाको कारण मध्यरातमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक सुचारु भएको छ।

गए राति करिब २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा माथिबाट लेदो सहितको पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।अवरुद्ध सडकको पहिरो पन्छाएर अहिले सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

राजमार्ग सुचारु भएपछि उक्त क्षेत्रमा निरन्तर पानी परिरहेकोले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न,अन्यथा सजग रहेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button