तपाईँ सुन्दै हुनुहुन्छः

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बारा ।बारामा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नं.१४ बघवन टोलमा पानी तान्ने मोटर चापाकलमा करेन्ट सप्लाई भएर एक पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा बर्ष ४५ को मदन जैसवाल रहेका छन्। मृतकले आफ्नै घरमा रहेको चापाकलको मोटर चली रहेको क्रममा चापाकल चलाउन जाने क्रममा करेन्ट लागि घाइते भएका थिए ।

जैसवालको कलैया अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button