तनहुँको बन्दिपुरमा दुई घर पहिरोले पुरियो, दुई जनाको मृत्यु, ३ घाइते

तनहुँ । तनहुँको बन्दिपुर–३ तामुङमा पहिरोले दुई वटा घरमा क्षति पुर्याएको छ ।
उक्त पहिरोमा परी दुई जनाको मृत्यु भएको बन्दिपुर–३ का वडा अध्यक्ष हस्त बहादुर बिसीले जानकारी दिनुभयो । त्यस्तै उक्त घटनामा परी ३ जना घाइते भएका छन् ।
पहिरोमा परि मृत्यु हुनेमा स्थानीय अन्दाजी ३६ वर्षीया सरस्वती थापा र अन्दाजी ७३ वर्षीया हरिमाया नेपाली रहेको वडा सदस्य बिसीले जानकारी दिनुभयो ।
पहिरोमा परि हस्तबहादुर थापाका तीन जना परिवार घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारको लागी अस्पताल पठाइएको वडा सदस्य बिसीले बताउनुभयो ।
घर माथिबाट खसेको पहिरोले दुई वटा घर पुरेको बन्दिपुर गाउँपालिका–३ का वडा सदस्य हर्क बहादुर थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।
तामुङको उक्त स्थानमा ५६ घर रहेको र केही अन्य घर पनि जोखिममा रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिनुभयो ।
गए रातीदेखिको अविरल वर्षाका कारण स्थानीय दिलबहादुर मगरको घर र हरिमाया नेपालीको घरमा पहिरो गएको हो ।








प्रतिक्रिया राख्नुहोस्