तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत चन्दननाथ नगरपालिका १० जुम्लाकी ६८ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ७२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३११ जनाको मृत्यु भएको छ भने बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button