चितवनमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु
चितवन । चितवनमा कोरोना सङ्क्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार आज मृत्यु भएको दुई जना मध्ये एक जना चितवनका र अर्का एक जना चितवन बाहिरका हुन् । भरतपुर अस्पतालमा १ जना र अन्य अस्पतालमा १ जना सङ्क्रमितको मृत्यु भएको हो ।
त्यस्तै विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालमा २३३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आइसियुमा ९५ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा २४ जना र जनरल बेडमा ११४ जना रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्