मकवानपुरमा थप ९८ जना कोरोना सङ्क्रमणमुक्त
मकवानपुर । मकवानपुरमा मङ्गलवार थप ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका ९८ जना सङ्क्रमणमुक्त भएका हुन् । योसँगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ९ हजार ८ सय ५१ पुगेको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७१ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ३४ जनामा र ३८ जनाको पिसिआर परिक्षण गर्दा ९ जन गरी ४३ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रण हुनेको सङ्ख्या १० हजार ९८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्