सल्यानमा ७५ प्रतिशत धान रोपाई सकियो (फोटो फिचर)

सल्यान । सल्यानमा ७५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । यस वर्ष समयमै वर्षा भएपछि जिल्लामा ७५ प्रतिशत धान रोपाई सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
विगतका वर्षहरूमा असार १५ सम्म ५० प्रतिशत भन्दा कम नै रोपाई हुने गरेको भए पनि यो वर्ष जेठ महिनादेखि नै पानी परेका कारण किसानहरूले समयमै धान रोपाई सम्पन्न गरेको कार्यालय प्रमुख महेश आचार्यले बताए । केही दिनमा नै जिल्लाभर धान रोपाई सम्पन्न हुने उनको भनाई छ ।
कोरोना कहरका बिचमा पनि सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड कायम गरी किसानहरू खेतबारीमा व्यस्त रहेका छन् । कोरोनाको त्रास भए पनि मानो रोपेर मुरी फलाउने समय भएकाले कोरोनालाई प्रवाह नगरी खेतबारीमा व्यस्त भएको किसान शारदा नगरपालिका ६ बरलाका किसान लाल बहादुर बुढाथोकीले बताए ।
विगतका वर्षहरूमा साउनको पहिलो हप्तासम्म धान रोपाई हुने भए पनि यो वर्ष समयमै पानी पर्दा असार १५ भित्रै धान रोपाई सम्पन्न भएको बुढाथोकीले बताए ।

जिल्लामा वार्षिक २९ हजार मेटिक्टन धान उत्पादन हुँदै आइरहेको उनको भनाई छ । चालु आर्थिक वर्षमा पनि ४ दशमलव २ मेटिक्टन प्रतिहेक्टर उत्पादकत्व वृद्धि गरी रहेको आचार्यले बताए ।














प्रतिक्रिया राख्नुहोस्