बजेट अधिवेशन बैठक स्थगित

विराटनगर। प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी सुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर बिरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्