तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दुई महिनापछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन

नेपालगन्ज। बाँकेमा दुई महिनापछि आजदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आएका छन् । कोरोना भाइरस संक्रमण घट्दै गए पनि जोखिम कायमै रहेकाले तत्कालका लागि आजदेखि जोर–बिजोर नम्बर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने बाँके प्रशासनले निर्णय गरेको थियो ।

जोर अङ्क परेको दिन जोर नम्बर र बिजोर अङ्क परेको दिन बिजोर नम्बरका सवारी साधन चल्ने बाँके प्रहरीले जनाएको छ । सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्ब्याएर असार २१ गतेसम्म पु¥याइएको छ । बाँकेमा पसल व्यवसाय सञ्चालनका लागि भने बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button