तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागी एक महिलाको मृत्यु

सप्तरी। सप्तरीमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

अग्नीसाईर कृष्णसवरण गाउँपालिका–६ महुली बजार बस्ने मो. जलिलको श्रीमती ३५ वर्षीय जहादा खातुनको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार मोबाइल चार्ज गर्दा करेन्ट लागेर घाइते भएकी खातुनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button