वर्षाले जनकपुरधामका कतिपय वडाहरू जलमग्न

जनकपुरधाम। आज बिहान जनकपुरधाम सहित आसपासको क्षेत्रमा भएको मुसलाधारे वर्षाका कारणले कतिपय क्षेत्र जलमग्न भएका छन् ।
जनकपुरधाम उपमहानगर पालिकाको कतिपय वडाहरूमा पानी जमेका छन् । जनकपुरधामको वडा नंं १, २, ४, ७, ८, १३ सहितको वडाका कतिपय व्यक्तिको घर आँगनमा पानी जमेका कारणले जनजीवन प्रभावित बनेका छन् ।
मूसलाधार वर्षाका कारणले पानीको निकास हुन नसकेका कारणले ती वडाहरू जलमग्न भएको स्थानीय बाँसीले गुनासो गरेका छन् । जनकपुरधामको वडा नं ७ र ८ मा ढलको काम भइरहेकाले भएका पुराना नालाहरु बन्द भएका कारणले पानी जमेको वडा नंं ८ का पूर्व वडा सदस्य मोहन उपाध्यायले जानकारी दिनु भएको छ ।

यसै गरी जनकपुरधामको वडा नंं ७ मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, हुलाक कार्यालय सहितको कार्यालय परिसरमा पानी पसेको छ । यसै गरी मूलसाधारे वर्षाका कारणले नगर क्षेत्रका मूल बजारको सडकमा १ देखि डेढ फिटसम्म पानी जमेको छ ।
यसै गरी धनुषाको ग्रामीण क्षेत्रमा पनि वर्षाका कारणले कतिपय क्षेत्रहरू डुबानमा परेका छन् । नेपाल भारतको सिमानासँग जोडिएको मुखियापट्टि मुसहरनी, धनौजी, जनकनन्दनी गाउँपालिकाका कतिपय वडाहरूमा वर्षाको पानी सडक तथा खेतहरु जमेका छन् । सर्वसाधारणलाई आवत जावतमा पनि समस्या उत्पन्न भएको छ ।








प्रतिक्रिया राख्नुहोस्