तपाईँ सुन्दै हुनुहुन्छः

कोपा अमेरिका फूटबल:ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । कोपा अमेरिका फूटबलमा समूह बी बाट क्वार्टरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ ।

समूह चरणमा आज बिहान आयोजक ब्राजिल र इक्वेडोर तथा पेरु र भेनेजुएलाबीचको खेलसँगै क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । साविक विजेता ब्राजिल र इक्वेडोर एक–एक गोलको बराबरीमा रोकिए ।

ब्राजिलले ३७ औं मिनेटमा इडर मिलिटाओको हेडर गोलसँगै अग्रता लियो । तर, ५३ औं मिनेटमा इक्वेडोरका एञ्जल मिनाले गोल गरेपछि खेल १–१ को बराबरी भयो । त्यसपछि बाँकी समयमा दुबैतर्फबाट थप गोल हुन सकेन ।

यससँगै ब्राजिल समूह चरणका चार खेलबाट १० अंक जोड्दै शीर्ष टोलीका रुपमा र ३ अंक जोडेको इक्वेडोर चौथो स्थानमा रहँदै अन्तिम आठमा पुगे ।

उता अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० ले हरायो । पेरुका लागि ४८ औं मिनेटमा एन्डर क्यारिलियोले गोल गरे । ७ अंक जोड्दै पेरु दोस्रो र ४ अंकसहित कोलम्बियाले तेस्रो स्थानमा रहँदै नकआउटमा स्थान बनाए ।

समूह चरणको अन्तिम खेलमा भोलि बिहान समूह ए अन्तर्गत बोलिभिया र अर्जेन्टिना तथा उरुग्वे र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button