चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

झापा । झापाको दमकबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ भागेका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ वडा नं ९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई आज इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो ।
दुई दिन अघि दमक ७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्