गजेन्द्रनारायण अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

सप्तरी । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
कोरोना महामारीको तेस्रो भेरिऐन्टबाट जोगाउन ९ थान अक्सिजन कन्सटेक्टर मेसिन र ७० काटुर्न केएन ९५ मास्क लगायतका स्वास्थ्य सामाग्री शनिवार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रणजित झालाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नबल किशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह, उपसभामुख उपमाकुमारी देव, पूर्व शिक्षा मन्त्री रेणु कुमारी यादव, मिडिया प्राधिकरण प्रदेश २ का अध्यक्ष श्याम सुन्दर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रदेश नम्बर २ जसपाका सचिव शम्भु झा, जसपाका नेताहरू दिनेशकुमार यादव, केदार यादव, सत्यनारायण यादव र भिमराज यादवलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्