दल बदल्ने कैलालीका ४ जनप्रतिनिधि पदमुक्त
कैलाली । नेकपा माओवादी केन्द्र त्यागेर एमालेतिर लागेका कैलालीका ४ जना जनप्रतिनिधि पदमुक्त भएका छन् ।
पद रिक्त हुनेमा भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गौरीगङ्गा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष भागीरथी विष्ट, गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन बिसी रहेका छन् ।
माओवादी केन्द्रको असार ७ गते बसेको स्थायी समितिको भर्चुअल बैठकले ती जनप्रतिनिधिलाई पदमुक्तसहित कारबाही गर्ने निर्णय गरेर निर्वाचन आयोगलाई पत्र पठाएको थियो । निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको छ । कैलालीका ४ सहित विभिन्न स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्