तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवा गाउँपालिकाको बजेट सार्वजनिक

बाँके। बाँके जिल्लाको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत गरिएका दुई वटा विधेयकलाई पारित, ७० बुँदे नीति तथा कार्यक्रम तथा रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सर्वसम्मत पारित भएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड—१९ लाई समेत लक्षित गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद्, वन तथा वातावरण, विकास निर्माणलगायतका ७० बुँदे महत्त्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोतअन्तर्गत बजेट विनियोजन गरिएको हो । अध्यक्ष चौधरीले सभामा चालु आर्थिक वर्ष २०७७÷७८ को हालसम्मको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लीलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन ऐन २०७८ र आर्थिक विधियेक २०७८ प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत दुई वटा विधेयक, नीति, तथा कार्यक्रम र बजेट सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो । कोरोना सङ्क्रमण कोभिड—१९ को बेला सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर गाउँ सभा आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button