पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
पाल्पा । पाल्पा बुटवल सडक खण्डको झुम्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहीबार बेलुका पाल्पाबाट बुटवलतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बर्दिया जिल्ला बासगढी नगरपालिका ६ घर भई झुम्सा चौकी भञ्याङ्ग भित्री सडकमा काम गर्ने ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानका वर्ष का ३० दीपेन्द्र चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्