तपाईँ सुन्दै हुनुहुन्छः

कोदालोले हानेर श्रीमतीको हत्या गर्ने एक जना पक्राउ

This image has an empty alt attribute; its file name is Pic-Hatya-1024x768.jpg

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा कोदालोले हानेर श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयको टोलीले बिहादी गाउँपालिका १ बाच्छाका लालबहादुर सार्कीलाई पक्राउ गरेको हो । 
पक्राउ परेका सार्कीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

असार ४ गते कोदालोले हानेर गम्भीर घाइते बनाएपछि ताराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अभियुक्त सार्कीले मादक पदार्थ सेवन गरी श्रीमती तारा नेपालीलाई कोदालोले हानेर हत्या गरेको बयान दिएका छन् । बयानका क्रममा मदिरा पिएर आउँदा घरमा सामान्य झगडा भएको र रिसको झोकमा श्रीमतीलाई हानेर मारेको सार्कीले बयान दिएको प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । 

घटनाको बारेमा अदालतबाट ७ दिनको म्याद लिएर विस्तृत अध्ययन सुरु गरिएको अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button