तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौँ ।सत्तारूढ नेकपा (एमाले) सहित १४६ सांसदले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । रिट निवेदकका तर्फबाट आज अधिवक्ता खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गर्नुभएको छ ।

अधिवक्ता खातीले ‘१४९ सांसदको समर्थनसहित नेपाली काँग्रेसका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपतिलाई बुझाउँदा त्योभन्दा ठुलो सरकार गठनका लागि आधार के हुन सक्छ ’ भन्नुभयो । “वैकल्पिक सरकारको सम्भावना हुँदाहुँदै संसद् विघटन गर्नू कानुनसम्मत हुँदैन”, उहाँले भन्नुभयो । बहस उहाँले दिएको रिट निवेदनमाथि केन्द्रित थियो । उहाँले देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि परमादेश माग गर्नुभयो ।

अधिवक्ता बन्दीले १३६ सांसदको समर्थन भए प्रधानमन्त्री बन्न बहुमत पुग्ने भए पनि १४९ जनाको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउँदा यसभन्दा ठुलो आधार के हुन सक्छ भनेर प्रश्न गर्नुभयो । “१४९ जना सांसदको हस्ताक्षर लिएर शीर्ष नेता राष्ट्रपतिको पुगेको पनि ठुलो आधार हो । ७६ (३) अनुसार संसद्को विश्वास गुमाएको प्रधानमन्त्री ७६ (५) अनुसार कसरी प्रधानमन्त्री बन्न सक्छन् ”, उहाँले भन्नुभयो । ७५ (५) को सरकारले मात्र संसद् विघटनको सिफारिस गर्न सक्ने भन्दै उहाँले संसद् विघटन पनि असंवैधानिक भएको बताउनुभयो ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले धारा ७६ (५) मा जानका लागि ७६ (४) अनुसारको प्रक्रिया पूरा गर्नु नपर्ने हो र भन्दै प्रश्न गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button