तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा एकै दिन १६५ जना संक्रमित निको

रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा १६५ जना कोरोना संक्रमित बिरामी निको भएका छन् भने ७ जनालाई कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा १९४ जना कोरोना संक्रमित बिरामी आइसोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

त्यसै गरी हालसम्म कोरोना सङ्क्रमणबाट १ हजार ७ सय १३ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै कोभिड–१९ सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका र थपिने संक्रमितहरु न्यून रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ  

प्रतिक्रिया राख्नुहोस्

Back to top button