करेन्ट लागेर एक युवाको मृत्यु
सिन्धुपाल्चोक।मेलम्चीमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ।मेलम्ची नगरपालिका-१० माझी बस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको पोल ढाल्दा करेन्ट लागेर स्थानीय अन्दाजी ३० वार्षिय धर्म दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
त्यस्तै घटनामा नाम नखुलेका एक जना घाइते भएका छन् उनको मेलम्चीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।शिखरपुर नवलपुर तर्फ ल्याइएको फलामे पोललाई इन्द्रावतीको बाढीले क्षति पुर्याएपछि करेन्ट सर्ट हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्