पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित

सिमकोट। जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् । गाउँमाथि रहेको माटो र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगेपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गर्नुभयो ।
गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठुलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न सुरु भएको छ । बस्तीमाथिको जमिन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ ।








प्रतिक्रिया राख्नुहोस्