बाढीमा बेपत्ता थप एक जनाको शव फेला
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा असार १ गतेको बाढीमा परी बेपत्ता थप एक जनाको शव भेटिएको छ। यो बाढीमा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने अझै २१ जना बेपत्ता छन्।
बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाउँपालिका २ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो।
दुई दिन अघि नै रामेछापको खाँडादेवी गाउँपालिका ४ पुछिघाटस्थित सुनकोसी नदिमा फेला परेको थियो। तर, त्यतीबेला बेपत्ता सुचीमा समेत नरहेका उनको हिजो पहिचान भएको हो।








प्रतिक्रिया राख्नुहोस्