गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. काफ्ले नियुक्त

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डाक्टर रघुराज काफ्ले नियुक्त हुनुभएको छ । प्रदेश सरकारले आइतबार काफ्लेलाई नियुक्त गरेको हो ।
उहाँले आइतबार नै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
अर्थशास्त्री समेत रहनुभएका डा. काफ्लेले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकका रुपमा काम गर्नुभएको थियो भने प्राध्यापनको अनुभव समेत उहाँमा छ ।
प्रदेश नीति तथा योजना आयोगका अन्य सदस्यहरूको भने टुङ्गो लगेको छैन ।
तस्वीरः किरण श्रेष्ठ








प्रतिक्रिया राख्नुहोस्