तपाईँ सुन्दै हुनुहुन्छः

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश जारी गरेको हो । कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञाका कारण निर्वाचन सर्दै आएको छ ।         

निषेधाज्ञा निरन्तर रहेकाले  समाप्त भइसकेपछि विधानले स्पष्ट अवधि तोकी कार्यकाल चार वर्ष र थप गर्न सकिने अवधि एक वर्ष भनी उल्लेख भएकामा थप गरेको अवधि तथा निषेधाज्ञा जारी हुँदा बचत भएको समयलाई ध्यानमा राखी कार्यसमितिको वैधानिक प्रतिनिधित्व कायम राख्न यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन आदेशमा भनिएको छ ।      

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्को बैठकले पटक पटक सार्दै आएको छ । निर्वाचन प्रक्रिया ढिलाइ भएकाले यथाशीघ्र गर्न माग गर्दै  युनियनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button