राहत र उद्धारका लागि परिचालन हुन एमालेको आहवान

काठमाडौं।नेकपा एमालेले अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपत्तिमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन सबै जनप्रतिनिधिहरु, पार्टी कमिटी र युवा पङ्क्तिलाई आह्वान गरेको छ ।
नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले आज विज्ञप्ति जारी गरी तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग पार्टीले आग्रह गरेको उल्लेख गर्नुभएको छ ।
नेकपा एमालेले भर्खरै सरकारले पारित गरेको विपद् प्रतिकार्ययोजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि माग गरेको छ ।साथै, एमालेले ज्यान जोखिममा राखेर उद्धार कार्यमा खर्टिका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गर्नुका साथै मृतप्रति श्रद्धाञ्जलि र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्