तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको होटलमा फसेका २ जनालाई हेलिकोप्टरमार्फत उद्दार

काठमाडौं । नेपाली सेनाले मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई हेलिकोप्टरमार्फत उद्दार गरेको छ ।

मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।बाढीले होटलको तल्लो तल्लाहरु डुबाएपछि उनीहरु बाहिर निस्कन सकेका थिएनन् ।

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button