तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सल्यान।अविरल वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठुलो ढुङ्गासँगै पहिरो आएपछि दाङ – सल्यान सडक खण्ड अन्तर्गतको राप्ती राजमार्ग बुधवार साँझदेखि अवरुद्ध भएको हो ।

कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनको भनाई छ । बिहान देखि जेसिभि लगाएर पहिरो पन्छाउने काम भइरहेको श्रेष्ठको भनाई छ ।

सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिमको आवागमन बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button