तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

File photo

विराटनगर । प्रदेश नं १ को सरकारले आगामी आर्थिक वर्ष ०७८–०७९ का लागी ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट  सार्वजनिक गरेको छ । 


आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङवुहाङले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएको हो ।


विनियोजित बजेटमा चालुतर्फ १४ अर्ब १६ क।रोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत तथा पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत रकम रहेको छ ।


त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात् १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ करोड रहेको बजेटमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button